सिटिजन्स बैंकका ग्राहकहरुले द फर्न रेसिडेन्सीमा विशेष छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र द फर्न रेसिडेन्सी होटल, भरतपुर, चितवन बीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने विषयमा सम्झौता भएको छ ।
सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहकले द फर्न रेसिडेन्सी होटलमा सेवा लिंदा विशेष छुट पाउनेछन् ।
बैंकले १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको समयमा डिजिटल माध्यमबाट सेवा दिइरहेको छ ।
बैंकले मोबाइल बैंकिङ्ग एपमा लग-ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने सेवा दिइरहेको छ ।