सुनको माइनिङको काम किन गाह्रो भइरहेकाे छ ?



कोरोना महामारीको समयमा सुनको मूल्यले आकाश छुन लागेको छ । अचानक सुनको मूल्यमा भारी वृद्धि भएको हो ।

गत वर्ष नै अन्तर्राष्ट्रिय स्तरमा सुनको उत्पादन १ प्रतिशतले कमी आएको थियो । सुनको उत्पादनमा पछिल्लो एक दशकमा यो सबैभन्दा ठूलो गिरावट थियो ।

जानकारहरुको तर्कलाई मान्ने हो भने सुन खानीबाट सुन निकाल्ने सीमा अब पूरा भइसकेको छ । जबसम्म खानीमा खन्ने काम पूर्णरुपले बन्द हुँदैन तबसम्म सुनको उत्पादन घट्दै जानेछ ।

सुनको मूल्य उच्च हुनुमा अमेजनका जंगलमा ठूलो मात्रामा अवैध सुन खन्ने काम भइरहेको मानिएको छ । सुनको मूल्यमा बढोत्तरी आएको छ तर यसको मागमा भने कमी आएको छैन । सीएफआर इक्विटी रिचर्सका विज्ञ जानकार म्याट मिलरका अनुसार सुनको जति माग अहिले छ यसभन्दा अघि कहिल्यै पनि थिएन ।

मिलरका अनुसार दुनियाँमा पाइने कुल सुनको लगभर आधा हिस्सा गहना बनाउने काममा प्रयोग हुन्छ । यसमा त्यो हिस्सा सामेल छैन जुन अहिलेसम्म जमिन मुनी नै छ । बाँकी बचेको आधा हिस्सामा एक चौथाई केन्द्रीय बैंकले नियन्त्रण गरेका छन् । जबकी बाँकी सुन लगानीकर्ता वा निजी कम्पनीहरुले प्रयोग गरिरहेका छन् ।

सुन भरोसालायक सम्पत्ति
मिलरका अनुसार कोभिड १९ का कारण पूरै विश्वको अर्थतन्त्र शिथिल भएको छ । अमेरिकी डलर पनि कमजोर भएको छ । लगभग सबै देशको सरकारी खजानाको ठूलो हिस्सा महामारी नियन्त्रणका लागि खर्च भइरहेको छ । नयाँ नोट छाप्नका लागि भारी रकम उधारो लिइराखिएको छ ।

जानकारहरुका अनुसार यही कारण करेन्सीको मूल्य अस्थिर भएको छ भने दोस्रोतर्फ लगानीकर्ताहरु सुनमा भएको लगानीलाई ढुक्क मान्छन् ।

कोरोना महामारीले सुन खन्ने काम पनि प्रभावित भएको छ । निकट भविष्यमा यसको आपूर्ती बढ्ने सम्भावना अहिले नै कम छ । मिलरका अनुसार सुनको माग अहिले जस्तै बढिरहनेछ र बजारमा अहिले आइरहेको सुुन धेरैजसो रिसाइकल गरिएको हो ।

मिलरका अनुसार आगामी दिनमा रिसाइकल सुन, सुनका सिक्का र यहाँसम्म कि इलेक्टिोनिक उपकरणको सर्किट बोर्डमा प्रयोग हुने सुन समेत भविष्यमा एक महत्वपूण स्रोत बन्नेछ ।

एक रिसर्चमा के पत्ता लागेको थियो भने पछिल्लो २० वर्षमा सुनको जति आपूर्ति भएको थियो त्यसको ३० प्रतिशत हिस्सा रिकाइकलबाट आएको थियो ।

खानीमा विरोध
सुनको रिसाइकलिमा केही विषाक्त रसायनको प्रयोग हुन्छ । जुन पर्यावरणका लागि घातक हो । फेरि पनि यो सुन खन्ने प्रक्रियाभन्दा कम घातक हो ।

जर्मनीको गोल्ड रिफाइनरीले हालै गरेको रिर्चमा एक किलो सुन रिसाइकल गर्नका लागि ५३ केजी वा त्यसैको आसपासमा कार्बन डाइअक्साइड निस्कन्छ । जबकी खानीबाट सुन निकाल्दा १६ टन वा उत्तिकै मात्रामा कार्बन अक्साइड निकालिन्छ ।

सुन खानीबाट पर्यावरणमा पनि नकारात्मक प्रभाव पर्छ । त्यसैले विश्वभर जहाँ पनि सुन खानी छन्, त्यहाँका स्थानीयबासीहरु सुन खन्ने कामको विरोध गर्नेगर्छन् ।

यही विरोधका कारण पनि सुनको उत्पादनमा भारी कमी आएको छ । फास्कुआ–लामा खानीमा यसकारण खन्ने काम रोकियो कि त्यहाँका स्थानीयहरु पर्यावरण संरक्षक कार्यकर्ता यसको विरोध गर्न थालेका थिए ।

त्यस्तै, उत्तरी आयरल्यान्डको देश टाइरोनमा मानिसहरु यसको विरोधमा सडकमा उत्रिएका थिए । यो क्षेत्रमा सुनको खानी छ । कैयन कम्पनीहरु यहाँ प्रोजेक्ट शुरु गर्न चाहेका छन् । तर स्थानीय कार्यकर्ताहरु भने यसको विरोध गरिरहेका छन् ।

स्थानीयहरुका अनुसार खानीका कारण उक्त क्षेत्रमा जुन नोक्सानी हुन्छ त्यसको भरपाइ स्थानीयबासीहरुले भोग्नु परिरहेको छ । यद्यपि यस क्षेत्रमा पछिल्लो ३० वर्षमा मानिसहरु जागिरका लागि जुधिरहेका छन् । कम्पनीहरुले उनीहरुलाई रोजगारका साथै अन्य कैयन सुविधा दिन बाचा पनि गरेका छन् तर उनीहरु यो मान्न तयार भएका छैनन् ।

खानी भएका स्थानमा जीवनस्तर बदलियो

तर यो पनि साँचो हो कि जुन स्थानमा सुनको खानी स्थापित भएको छ त्यहाँका मानिसहरुको जीवनस्तर परिवर्तन भएको छ ।

अमेरिकाको नेवाडा सुबेको गोल्ड माइन विश्वको सबैभन्दा ठूलो सुन खानी हो । यहाँ हरेक वर्ष करिब १०० टनभन्दा बढी सुन निकालिन्छ । यो क्षेत्र आसपास बस्ने मानिसहरुलाई सुन खानीका कारण नै जागिर प्राप्त मात्रै भएको छैन उनीहरुको जीवनस्तर पनि राम्रो भएको छ ।
सुनको खानीमा सुन मात्रै निकालिन्न, यसका साथै अन्य मूल्यवान धातु जस्तै तामा र सीसा पनि निकालिन्छ ।

-बीबीसी


क्लिकमान्डु