साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २६.३१ % लाभांश दिने
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले शेयरलगानीकर्तालाई २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लगानकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाले २६.३१ प्रतिशत लाभांशमा २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद (कर प्रयोजनका लागि) दिने प्रस्ताव गरेको छ ।
संस्थाको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।