एनआइसी एशिया बैंकको एटिएम फुटाउँदै गरेका अनिल तामाङ पक्राउ



काठमाडौं । नेपाल प्रहरीले एनआइसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको समयमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३२ मुनिभैरवस्थित बैंकको एटिएम मेशिन फुटाउँदै गरेको समयमा प्रहरीले कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका १९ वर्षीय अनिल तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीले तामाङलाई आइतबार राति पक्राउ गरेको छ । उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको बेलामा महानगरीय प्रहरी प्रभाग कोटेश्वटरको प्रहरी टोलीले पक्राउ गरेको हो । यसमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्लिकमान्डु