मुक्तिनाथ विकास बैंकले १५.५१ % लाभांश दिने, बोनस कति ?



काठमाडौं । मुक्तिनाथ विकास बैंकले शेयर लगानीकर्तालाई १५.५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले लगानीकर्तालाई ११.२५ प्रतिशत बोनस र ४.२६ प्रतिशत नगद (करसहित) दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणा सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु