प्रभु बैंकले साढे १० % लाभांश दिने
काठमाडौं । प्रभु बैंकले शेयर लगानीकर्तालाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले लगानीकर्तालाई १० प्रतिशत बोनस र त्यसमा लाग्ने कर ०.५२ प्रतिशत सहित १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणा सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।