एनआईसी एशिया बैंकको साधारणसभाले पारित गर्यो २०% लाभांश दिने प्रस्ताव



काठमाडौं । एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारणसभाले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

१९ प्रतिशत बोनश शेयर पारित गरेपछि बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ ।

बैंकले साधारणसभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरूमा छलफल गरी स्वीकृतका लागि बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले ३३० शाखा कार्यालय, ४७० एटिएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले २ अर्ब ६५ करोड भन्दा बढी राजस्व सरकारलाई तिरेको छ ।


क्लिकमान्डु