सिद्धार्थ बैंकले १५ % लाभांश दिने
काठमाडौं । सिद्धार्थ बैंकले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लगानीकर्तालाई १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद (कर प्रयोजनको लागि) सहित १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने भएका छन् ।