नेपाल बङ्गलादेश बैंकद्वारा सामुदायिक विकास समितिलाई रकम हस्तान्तरण



काठमाडौं । नेपाल बङ्गलादेश बैंकले काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगर, स्थित सामुदायिक विकास समितिलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, मिति २०७७/०८/१८ गते सामुदायिक विकास समितिलाई ३ लाख रुपैँया रकम हस्तान्तरण गरेको हो ।

बैंकको कमलादी स्थित प्रमुख कार्यलयमा भएको कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख संचालन अधिकृत सुरेश देवकोटाद्वारा समितिका सचिव श्री हर्क बहादुर भट्टराईलाई रकम हस्तान्तरण गरेका हुन् ।

समितिले स्थापना काल देखिनै आफ्नो क्षेत्र भित्र बाटो, दल, खानेपानी, विजुलीवत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाईको कार्य अनवरत रुपमा गर्दै आएको छ । हस्तान्तरण गरिएको रकम सो समितिले निर्माण गरेको सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गरिने बताइएको छ ।

बैँकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैँक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।


क्लिकमान्डु