नेशनल लाइफ इन्स्योरेन्सले संशोधन गर्यो लाभांश, नयाँ कति ?



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ ।

यस अघि १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशन बोनस सेयर दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव बीमा समितिले अस्वीकृत गरेपछि नयाँ लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई बीमा समितिले अनुमति दिएर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु