महालक्ष्मी विकास बेैंकले भिसा कन्ट्याकलेस कार्ड सञ्चालनमा ल्यायो



काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।

भिसा कन्ट्याकलेस कार्ड नियर फिल्ड कम्युनिकेशनमा आधारित प्रविधि हो । जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पीओएस टर्मिनलबाट रकम भुक्तानी गर्न सकिन्छ ।

महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याकलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकमध्ये प्रथम बैंक हो ।

यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ ।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।


क्लिकमान्डु