राष्ट्र बैंकले बुधबार बोलकबोलबाट ५० अर्ब निक्षेप संकलन गर्ने



काठमाडौ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको छ ।

बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट संकलन गर्न लागेको जनाएको छ ।

बैंकले मंगलबार सार्वजनिक गरेको सूचना अनुसार ब्जाजदर समेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ ।

घटीमा ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आहवान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ ।

केन्द्रीय बैंकले उक्त बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा समेत प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ ।

बैंकको सूचनामा बोलकबोल बहुव्याजदरमा पनि गर्न सकिने उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेप वापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ भने समान व्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कूल निष्काशित रकमभन्दा बढी भएका प्रो रेट बेसिसमा बाँडफाँड गरिनेछ ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित व्याजदरसहित संकलिन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातमा जम्मा गर्नुपर्नेछ ।

केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप संकलनको उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको हो । बैंकले साँवा तथा व्याज भुक्तानी आगामी पुस १५ गते गर्नेछ ।


क्लिकमान्डु