जनरल इन्स्योरेन्सको नाफा ३०८ % ले बढ्यो



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३७ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ३०८.६२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सको नाफा ५८ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा इन्स्योरेन्सले ९ करोड ७५ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा ७ करोड ५ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५ करोड ७२ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको बीमा कोषमा ६ करोड २९ लाख रुपैयाँ रहेको छ भने महा विपत्ती जगेडा कोषमा ६३ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ६६ पैसा रहेको छ ।


क्लिकमान्डु