कोरोना बीमामा दावी ३ अर्ब १८ करोड, भुक्तानी साढे ९८ करोड मात्रै



काठमाडौं । आइतबारसम्म १७ लाख १० हजार २३१ जनाले कारोना बीमा गरिसकेका छन् । १७ लाख १० हजार २३१ जनाले कारोना बीमा गर्दा ९८ करोड ६९ लाख ९७ हजार ३०८ रुपैयाँ मात्रै प्रिमियम संकलन भएको छ ।

२० वटा निर्जीवन बीमा कम्पनीले गरेको कोरोना बीमामा अहिलेसम्म जम्मा ४ हजार ९२९ जनाले मात्रै दावी भुक्तानी पाएका छन् । ४ हजार ९२९ जनाले ४७ करोड ७७ लाख २५ हजार रुपैयाँ दावी भुक्तानी लिएका छन् ।

कम्पनीहरुले कोरोना बीमाको नाममा ९८ करोड ६९ लाख ९७ हजार ३०८ रुपैयाँ प्रिमियम संकलन गर्दा ३ अर्ब १८ करोड १ लाख रुपैयाँ दावी परेको छ ।

बीमा समितिले कोरोना लाग्नेलाई दावी भुक्तानी गर्ने भनेर ५० हजार र १ लाख रुपैयाँको कोरोना बीमा पोलिसी जारी गरेको हो ।

आइतबारसम्म २७ हजार ८५५ जनाले दाबी भुक्तानी पाउन सकेका छैनन् । २० वटा निर्जीवन बीमा कम्पनीहरुले २७ हजार ८५५ जनाको ३ अर्ब १८ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी नगरी रोकेर राखेका छन् ।

कम्पनीहरुले दाबी भुक्तानी प्रक्रिया सुस्त बनाएको र बीमा समितिले खासै चासो नदेखाएपछि केही साता अघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल कोरोना बीमाको दावी भुक्तानी गर्न निर्देशन दिएका थिए । मन्त्री पौडेलको निर्देशनपछि कोरोना बीमाको दाबी भुक्तानी केही सहज भएको छ ।

गत वैशाख ६ गतेदेखि बीमा समितिले कोरोना बीमा नामक बीमा पोलिसी बिक्री गर्न कम्पनीहरुलाई निर्देशन दियो । त्यसपछि कोरोना बीमा शुरु भएको हो ।


क्लिकमान्डु