प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद (कर समेत) लाभांश दिने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सको उक्त प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु