निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तात्यो मन्त्रालय, कार्ययोजना बनाउने निर्णय



काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहजीकरण समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो ।

निर्णयमा कार्यदिशाका सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, लगानी बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणका सम्वद्ध पदाधिकारीहरुले कम्तिमा एक वर्षको कार्यतालिका सहितको ठोस कार्ययोजना बनाइ पेश गर्ने निर्णय भएको छ । त्यसको समन्वय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने छ ।

त्यस्तै डिभिजन वन कार्यालय, बाराद्वारा बरिपरी निर्माणका निम्ति यसअघि नै गणना भएका ४ हजार २३२ वटा रुख कटान गर्न समितिको अघिल्लो बैठकको निर्णय कार्यान्वयन गर्न वन तथा वातावरण मन्त्रालयलाई ताकेता गर्ने छ ।

बस्ती स्थानान्तरणका लागि सुझाव दिन गठित भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वको समितिले हालसम्म गरेका कामको आधारमा स्थानीय एवं प्रदेश सरकार समेतको अपनत्व हुने गरी वस्ती स्थानान्तरणका सम्बन्धमा आगामी दिनमा गर्नुपर्ने कृयाकलापहरुको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश उल्लेख गरेको छ ।

बैठकले विमानस्थल निर्माणका लागि लगानीको मोडालिटी सम्बन्धमा अर्थ मन्त्रालयमा एक हप्ताभित्र छलफलको आयोजना गर्ने भएको छ । त्यसको समन्वय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने जिम्मेवारी पाएको छ ।

प्राधिकरणले विमानस्थल निर्माण आयोजना कार्यालयको स्तरोन्न गरी हाल कार्यरत भन्दा कम्तिमा दुई तह माथिको आयोजना प्रमुख खटाउने निर्णय समेत गरेको छ ।


क्लिकमान्डु