आईपीओ निष्काशन गर्न प्रभु लाइफ इन्स्योरेन्सले बोर्डबाट पायो अनुमति



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सलाई साधारण शेयर (आईपीओ) निष्काशन गर्नको लागि धितोपत्र बोर्डले अनुमति दिएको छ ।

इन्स्योरेन्सले ६० करोड रूपैयाँको ६० लाख कित्ता आईपीओ निष्कासन बोर्डमा निवेदन दिएको थियो । शुक्रबार बोर्डले इन्स्योरेन्सलाई आईपीओ जारी गर्न अनुमति लिएको हो ।

इन्स्योरेन्सको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


क्लिकमान्डु