लाइफ इन्स्योेरेन्स कर्पोरेशनले १०.५२ % लाभांश दिने



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले सेयर लगानीकर्तालाई १०.५२ प्रतिशत लाभाश दिने भएको छ ।

इन्स्योरेन्सले लगानीकर्तालाई आर्थिक वर्ष २०७५-०७६ को मुनाफाबाट चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव बीमा समितिले स्वीकृति गरेर इन्स्योरेन्सको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु