जीवन बीमा कम्पनीहरुले चार महिनामा आर्जन गरे सवा ३९ अर्ब बीमा शुल्क



काठमाडौंं । चाल आर्थिक वर्षको चार महिनामा जीवन बीमा कम्पनीहरुले ३९ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३२ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा एक महिनामा ६ अर्ब ९४ करोड रुपैयाँले बढेर ३९ अर्ब २२ करोड रुपैयाँ परेको छ ।

कात्तिकसम्ममा जीवन बीमा कम्पनीले ११ अर्ब ६१ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यो महिनामा मात्रै २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

यस्तै नविकरण बीमाशुल्क २७ अर्ब ५५ करोड रहेको छ भने बैदेशिक रोजगार बीमा शुल्क ६ करोड रुपैयाँ पुगेको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोनाको असर नेपालमा पनि निकै परेको छ । कोरोनाले गर्दा नेपालमा ४ महिना लकडाउन पछि निषेधाज्ञा जारी भयो । लकडाउनको समयमा कम्पनीहरुको बीमा शुल्क आर्जन, नविकरण बीमा शुल्क र वैदेशिक रोजगार बीमा शुल्क आर्जनमा सुधार देखिँदै आएको छ ।

असोजको तुलनामा कात्तिकमा निकै सुधार देखिएको तथ्याङकले देखाएको छ ।

बीमा समितिका अुनसार सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले उक्त ३९ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

बीमा समितिका अनुसार कात्तिक मसान्तसम्ममा सबैभन्दा बढी नेपाल लाइफले ११ अर्ब १८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जसमा प्रथम बीमा शुल्क २ अर्ब ७० करोड रुपैयाँ छ भने नविकरण बीमा शुल्क ८ अर्ब ४७ करोड, वैदेशिक रोजगार बीमा शुल्क १ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । कर्पोरेशनले ५ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बीमा शुल्क १ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने नविकरणतर्फ ४ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले कात्तिक महिनासम्ममा ४ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । ४१ अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दा ४ अर्ब २४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको तथ्याङकले देखाएको छ ।

यस्तै नेशनल लाइफ इन्स्योरेन्सले ३ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा १ अर्ब १४ करोड रुपैयाँ प्रथम बीम शुल्क र २ अर्ब ४६ करोड रुपैयाँ नविकरण बीमाशुल्क तथा १ करोड रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको छ ।

मेट लाइफले १ अर्ब ५८ करोड बीमा शूल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क ४० करोड र नविकरण बीमाशुल्क १ अर्ब १८ करोड रुपैयाँ रहेको बीमा समितिले जनाएको छ ।

यस्तै एसियन लाइफले कात्तिक सम्ममा १ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बीमा शुल्क ५८ करोड र नविकरण बीमा शुल्क १ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

सूर्य लाइफले १ अर्ब १४ करोड रुपैयाँ बीमा शूल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ४४ करोड र नविकरण बीमा शूल्क ७० करोड रुपैयाँ रहेको छ ।

यता गुँरास लाइफ इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बीमा शूल्क ३४ करोड र नविकरण शूल्क ८३ करोड रुपैयाँ रहेको छ ।

प्राइम लाइफले १ अर्ब ३४ करोड रुपैयाँ बीमा शूल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ४७ करोड र नविकरण बीमा शुल्क ८७ करोड रुपैयाँ रहेको छ ।

आईएमई लाइफ इस्योरेन्सले यो महिनासम्ममा ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बीमा शुल्कको हिस्सा ३५ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमा शुल्क ३० करोड रुपैयाँ रहेको छ ।

यता यूनियन लाइफले २ अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा १ अर्ब ७ करोड प्रथम बीमा शुल्क र ९५ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

ज्योति लाइफले कात्तिक समान्तसम्ममा ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क ३८ करोड र नविकरण बीमा शुल्क २९ करोड रुपैयाँ आर्जन गरेको छ ।

यस्तै सन नेपाल लाइफ ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क २८ करोड, नविकरण बीमा शुल्क २६ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्क ३ अर्ब रुपैयाँ आर्जन गरेका छन् ।

रिलायन्स लाइफले ६१ करोड बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क ३२ करोड रुपैयाँ र नविकरण बीमा शुल्क २९ करोड रुपैयाँ रहेको छ ।

यो चार महिनाको अवधिमा ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको रिलायबल नेपाल लाइफले प्रथम बीमा शुल्क ५१ करोड र नविकरण बीमा शुल्क २१ करोड रुपैयाँ रहेको छ ।

बीमा समितिका अनुसार सिटिजन लाइफले ८१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ४२ करोड प्रथम बीमा शुल्क र ३८ करोड नविकरण बीमा शुल्क आर्जन गरेको छ भने वैदेशिक रोजगार बीमा शुल्क १ करोड रुपैयाँ आर्जन गरेको छ ।

यता सानिमा लाइफले कात्तिक महिनासम्ममा ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ३० करोड प्रथम बीमा शुल्क र १७ करोड नविकरण बीमशुल्क आर्जन गरेको छ ।

यस्तै प्रभु लाइफ इन्स्योरेन्सले ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १८ करोड र नविकरण १५ करोड मात्रै रहेको छ ।

महालक्ष्मी लाइफले २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १६ करोड नविकरण बीमा शुल्क ८ करोड रुपैयाँ आर्जन गरेको बीमा समितिले जनाएको छ ।


क्लिकमान्डु