सेयर बजारमा गिरावट हुँदा ५२ कम्पनीका लगानीकर्ताले कमाए



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट हुँदा ५२ वटा कम्पनीको कारोबारमा बढोत्तरी भएको छ भने १०० वटा कम्पनीको सेयर कारोबारमा गिरवाट देखिएको छ ।

कारोबारमा जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै हिमालयन डिस्ट्रिलरी, जानकी फाइनान्स,मल्टी प्रपोज फाइनान्स,महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, यूनिलिभर नेपाल, प्राइम कमर्शियल बैंक, नेपाल लुब आयल, राधी विद्युत कम्पनी, ओरियन्टल होटल, सोल्टि होटल, हिमालयन पावर पार्टनर, नेपाल बैंक, हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य बढेको छ । यी कम्पनीमा लगानीगर्ने लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै एनआईसी एशिया ब्यालेन्स फण्ड, सिटिजन्स म्यूचुअल फण्ड-१, गुडविल फाइनान्स, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्स, आरएसडीसी लघुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स, प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु