३ महिनामा जीवन बीमा कम्पनीका नाफा २४.२८ प्रतिशतले बढ्यो, कसको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वटा जीवन बीमा कम्पनीको नाफामा सुधार आएको छ । यसवर्ष जीवन बीमा कम्पनीको नाफा २४.२८ प्रतिशतले बढेको छ ।
यो तीन महिनाको अवधिमा केही बाहेक सबै जीवन बीमा कम्पनीको नाफामा सुधार आएको छ ।

यो अवधिमा जीवन बीमा कम्पनीको व्यवसाय विस्तारमा धेरै असर नपरेको देखिएको छ । यो अवधिमा सरकारी स्वामित्वसहित तीन वटा जीवन बीमा कम्पनीको नाफामा संकुचन आएको छ । बाँकी कम्पनीको नाफा भने सन्तोषजनक छ ।

सम्बन्धित कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार सन नेपाल, यूनियन र राष्ट्रिय बीमा संस्थानको नाफामा गिरावट आएको छ भने बाँकी कम्पनीको नाफामा सुधार आएको छ । १९ वटामध्ये १६ वटा जीवन बीमा कम्पनीको नाफामा निकै सुधार देखिएको छ ।

यो अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १२.२३, यूनियन लाइफ इन्स्योरेन्सले ५६.५३ र राष्ट्रिय बीमा संस्थानको नाफामा ४१.२३ प्रतिशतले घटेको छ । बाँकी रहेका कम्पनीको नाफामा सुधार आएको छ ।

यो अवधिमा बीमा कम्पनीहरुले नयाँ पोजिसी बिक्री गर्नु भन्दा पनि पोलिसी नविकरणले बढी साथ दिएको छ । तर कोरोनासँगैको खुला भएको लकडाउनसँगै कम्पनीहरुले नयाँ पोलिसी बिक्री बढाएका छन् ।

जसका कारण कम्पनीको नाफा पनि बढेको छ । यो अवधिमा सबैभन्दा बढी नाफा बढाउने जीवन बीमा कम्पनीमा प्रभु लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सले यो अवधिमा आफ्नो नाफा १५१.५३ प्रतिशतले बढेको छ ।

यस्तै एलआईसीले १४४.६४, एशियन लाइफ इन्स्योरेन्सको १३३.७५ प्रतिशतले नाफा बढेको छ ।

यता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले २२ करोड ९० लाख रुपैयाँ रहेको छ । १९ वटा जीवन बीमा कम्पनीमा यो सबैभन्दा बढी हो । चालु आवको पहिलो त्रैमासमा ४ वटा कम्पनीको मात्रै नाफा १० करोड माथि रहेको छ । जसमा नेपाल लाइफको २२ करोड ९० लाख, प्राइम लाइफको १२ करोड ७ लाख ७४ करोड, नेशनल लाइफको ११ करोड ८३ लाख ७१ हजार र सूर्या लाइफ इन्स्योरेन्सको नाफा १० करोड १६ लाख १० हजार रुपैयाँ छ ।

यो अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्ने जीवन बीमा कम्पनीमा प्रभु लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सले जम्मा १ करोड २२ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

कम्पनी नाफा चालु आव नाफा गत आव
नेपाल लाइफ 229,002 204,432
प्राइम 120,774 100,255
नेशनल 118,371 115,396
सूर्या 101,610 78,793
एशियन 94,048 40,233
मेट 75,511 65,562
ज्योती 72,222 37,641
रिलायबल 65,903 58,119
सिटिजन 61,158 50,130
एलआईसी 57,926 23,678
आईएमई 43,081 29,582
गुँरास 42,771 31,947
सानिमा 35,178 19,820
प्रभु 30,924 12,294
सन नेपाल 25,478 35,012
महालक्ष्मी 24,271 21,460
युनियन 24,191 55,657
राष्ट्रिय बीमा संस्थान 10,272 17,480
रिलायन्स 30,073 18,514


क्लिकमान्डु