४ अर्ब ३१ करोडको आइपीओ पाइपलाइनमा, डिशहोमदेखि मध्यभोटेकोशी बोर्डको अनुमति कुर्दै



काठमाडौं । सेयर बजारमा ४ अर्ब ३१ करोड १४ लाख ३७ हजार ७२० रुपैयाँको ४ करोड ३० लाख ३२ हजार ८३६ कित्ता आईपीओ धितोपत्र बोर्डको पाइप लाइनमा रहेको छ ।

धितोपत्र बोर्डको पाइप लाइनमा रहेको कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी नै रहेका छन् । एउटा इन्स्योरेन्स कम्पनी र एउटा माइक्रोफाइनान्स कम्पनी रहेको छ ।

केही समय अघिसम्म जलविद्युत कम्पनीको सेयरमा गिरावट आएपनि अहिले भने कम्पनीको सेयर मूल्यमा बढोत्तरी देखिएसँगै यसतर्फ पनि लगानीकर्ताको ध्यान जान थालेको छ । अहिले बोर्डको पाइपलाइनमा नै ९ वटा जलविद्युत कम्पनी रहेका छन् ।

पछिल्लो समयमा बजार बढदै जाँदा र जलविद्युत कम्पनीको सेयर पनि बढन थालेपछि हाईड्रो पावर कम्पनीको आईपीओमा माग भन्दा कयौं गुणा बढी आवेदन पर्ने गरेको छ । जसले गर्दा अब हाईड्रो पावरको आईपीओ पनि पर्नको लागि लक्की ड्र गर्नु पर्ने भएको छ । केही समय अघिसम्म हाईड्रो पावरमा माग अुनसार पनि आवेदन नपर्ने र बिक्री प्रबन्धकले सकार्नुपर्ने स्थिती थियो । अहिले त्यो क्रम रोकिएको छ ।

जसले गर्दा नयाँ आउने  जलविद्युत कम्पनीलाई पनि आईपीओ जारी गर्न उत्साह बढेको देखिन्छ ।

पाइप लाइनमा रहेका कम्पनीमा सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २०७४ साल असार २७ गते देखि नै बोर्डको पाइप लाइनमा रहेको छ । यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको पनि २०७४ असोज २० गते बोर्डमा दर्ता भएको थियो ।

बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुमध्ये सबै भन्दा बढी मध्ये भोटेकोशी जलविद्युत कम्पनीको १ अर्ब ५० करोड रुपैयाँको १ करोड ५० लाख कित्ता र यस्तै सबैभन्दा कम सिबीआईएल क्यापिटलले ३ लाख कित्ता साधारण सेयर ल्याउने तयारी गरेको छ ।

यस्तै बीमा कम्पनी तर्फ प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँको ६० लाख कित्ता बोर्डको पाइप लाइनमा रहेको छ । माइक्रोफाइनान्स तर्फ महिला लघुवित्त वित्तीय संस्थाको ४ करोड रुपैयाँको ४ लाख कित्ता रहेको छ ।

डिशहोम समेत आइपीओ जारी गर्नको लागि धितोपत्र बोर्डको अनुमति कुरेको छ ।

company Number of Share amount
Ru Ru Jalabidhyut Pariyoajana 815,411 89,695,220
Singati Hydro Energy 4,350,000 435,000,000
Prabhu Life Insurance 6,000,000 600,000,000
Shuvam Power Ltd. 580,580 58,058,000
Emerging Nepal Limited 500,000 50,000,000
Greenlife Hydropower 3,496,400 349,640,000
Mahila Laghubitta Bittiya Sanstha 400,000 40,000,000
Bindhyabasini Hydropower Development 2,500,000 250,000,000
CBIL Capital 300,000 30,000,000
Mailung Khola Jal Vidhyut Co. 736,286 73,628,600
Dish Media Network 2,385,929 238,592,900
CEDB Hydropower Development 2,518,230 251,823,000
Himalayan Hydropowe 2,250,000 225,000,000
Terhathum Power Company 1,200,000 120,000,000
Madhya Bhotekoshi Jalvidyut Co. 15,000,000 1,500,000,000
Total 43,032,836 4,311,437,720


क्लिकमान्डु