सेयर बजारले पुनः रच्यो नयाँ रेकर्ड, करिब ७ अर्बको कारोबार



काठमाडौं । सेयर बजारले आफ्नो रेकर्ड ब्रेक गरेर नयाँ रेकर्ड कायम गरेको छ । यसअघि मंसिर ४ गते बिहीबार ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको सेयर कारोबार भएको थियो । त्यो रेकर्ड ब्रेक गर्दै आइतबार नयाँ रेकर्ड कायम भएको हो ।

आइतबार २०१ कम्पनीको १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता सेयर ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ रुपैयाँको सेयर किनबेच भएको छ ।

यो दिन बजार मापन गर्ने सूचक ४.६९ अंकले बढेर परिसूचक १७८२.८१ बिन्दुमा रोकिएको छ । यो दिन परिसूचक १८११.११ बाट घटेको हो । कारोबारमा बैकिङ २९.४४, विकास बैंक १३.४६ अंकले बढेको छ । अन्य समूहको उपसूचकमा गिरावट देखिएको छ ।

कारोबार रकमको आधारमा नेपाल पुर्नबीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ५८ करोड बढीको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र नेपाल दुरसञ्चार कम्पनी रहेका छन् ।

कारोबारमा सिटिजन्स म्यूचुअल फण्ड–२ को कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
यो दिनको कारोबारमा बैकिङ समूहको साथ प्रयाप्त देखिएको छ ।


क्लिकमान्डु