होटल संघ हानका निवर्तमान अध्यक्ष शाक्यको निधन



काठमाडौं । होटल संघ नेपाल (हान)का निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना संक्रमणका कारण निधन भएको छ ।

कोरोना संक्रमित भइ उपचाररत शाक्यको निधन भएको हो । कोरोना संक्रमणसँगै निमोनिया भएपछि उनी ओम अस्पतालमा उपचाररत थिए । शाक्यको ७२ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि होटल व्यवसायमा सक्रिय शाक्य अमर होटलका सञ्चालक समेत हुन ।

होटल उद्योगमा ठूलो योगदान गरेका उनको यस क्षेत्रलाई यहाँसम्म ल्याउनका लागि ठूलो भूमिका छ ।

शाक्य प्रवल जनसेवाश्री चतुर्थबाट विभूषित समेत थिए । २४ वर्षभन्दा बढी समयदेखि होटल संघ नेपालमा सक्रिय भइ काम गरेका शाक्य एक स्वस्थापित कुशल व्यवस्थापक, सरल तथा मिजासिला व्यक्ति हुनुका साथै अतिथ्यता उद्योगको स्तरोन्नती र समग्र पर्यटन क्षेत्रको विकासका लागि सक्रिय अभियन्ताका रुपमा काम गरेको हानले जनाएको छ ।

उनले होटल क्षेत्रमा रोजगारदाता र श्रमिकबीच एकता र सह सम्बन्ध स्थापित गर्दै औद्योगिकमैत्री वातावरण काम राख्न शाक्यको अति महत्वपूर्ण योगदानको रहेको हानको भनाइ छ । उनले लामो समयदेखि विवादको विषय रहेको सेवा शुल्कको विषयलाई समाधान गरेका थिए ।


क्लिकमान्डु