अनलाइन ट्रेडिङको कारण सेयर बजारमा नयाँ रेकर्ड कायम भयोः नेप्से

क्लिकमान्डु २०७७ मंसिर ४ गते १८:२२ मा प्रकाशित

काठमाडौं । अनलाइन कारोबारका कारण सेयर बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

नेप्सेले विज्ञप्ति जारी गर्र्दै नेप्सेले उपलब्ध गराएको आधुनिक प्रविधिमार्फत लगानीकर्ताले घरबाटै सहज रुपमा सेयर कारोबार, रकम भुक्तानी तथा सेयर हस्तान्तरण गर्न सक्ने भएकाले बजारले नयाँ रेकर्ड कायम गर्न सफल भएको जनाएको छ ।

नेप्सेका अनुसार हालसम्म अनलाइनमार्फत १ लाख ७५ हजार भन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएको नेप्सेको विज्ञप्तिमा उल्लेख छ ।

आजको कारोबारमा ३० हजार लगानीकर्ता सहभागी भएको र यो दिन भएको कारोबारमध्ये ८६.२४ प्रतिशत कारोबार अनलाइनमार्फत भएको छ ।

नेप्सेका अनुसार यसअघि २०७६ फागुन ११ गते ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसको ९ महिनापछि बजारले नयाँ रेकर्ड कायम गर्दै आज ५६ हजार ३४१ कारोबारमा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेले दोस्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित, विश्वसनीय तथा पारदर्शी बनाउन फुल्लि अटोमेटेड अनलाइन ट्रेडिङ सिस्टम स्थापना गरेपछि कारोबारको आकार क्रमिक रुपमा सुधारोन्मुख रहेको नेप्सेको दाबी छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स