भर्खरै आईपीओ जारी गरेको सानिमा जनरल इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमा जनरल इन्स्योरेन्सले १ करोड ५६ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा १०९.९२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ७४ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा इन्स्योरेन्सको खुद बिमा शुल्क आर्जन बढेर ३ करोड ६१ लाख १४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ३ करोड ४८ लाख ५ हजार रुपैयाँ रहेको थियो ।

साधारण सेयर जारी गरेपछि १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५ करोड ६४ लाख २८ हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको बीमा कोषमा ६ करोड ३९ लाख ४३ हजार रुपैयाँ रहेको छ । यस्तै महा विपत्ती जगेडामा ६४ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ १२ पैसा रहेको छ ।


क्लिकमान्डु