चन्द्रागिरी हिल्सलाई आईपीओ जारी गर्न बोर्डले दियो अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले चन्द्रागिरी हिल्सलाई साधारण सेयर (आईपीओ) बिक्री गर्न अनुमति दिएको छ ।

हिल्सले स्थानीय बासिन्दा र सर्वसाधारणलाई सेयर बिक्री गर्नको लागि बोर्डमा अनुमति मागेको थियो ।

हिल्सले प्रति कित्ता एक सय रुपैयाँका दरले १८ करोड ४० लाख ९१ हजार रुपैयाँको १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्न लागेको छ ।

हिल्सको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु