सेयर बजारमा नयाँ रेकर्ड कायम, कारोबार रकम ६ अर्ब नाघ्यो



काठमाडौं । नेपालको सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । यो साताको अन्तिम कारोबार दिन बिहीबार ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो अहिलेसम्मकै सर्वाधिक कारोबार रकम हो । यो दिन नेप्से मापन गर्ने सूचक ३६.३२ अंकले बढेर १७७८.१२ बिन्दुमा रोकिएको छ । १९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता किनबेच भएको छ ।

बुधबार १९४ कम्पनीको १ करोड १६ लाख ७४ हजार ८७५ कित्ता सेयर ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ रुपैयाँमा किनबेच भएको छ ।


क्लिकमान्डु