मंसिर ३० गतेसम्म सीमा बन्द, ५ वर्ष मुनीका बालबालिकालाई पीसीआर रिपोर्ट नचाहिने



काठमाडौं । सरकारले मंसिर ३० गतेसम्म नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।

तर नेपाल आगमन गर्ने विदेशी नागरिकको हकमा नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघ संस्था र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत विदेशी नागरिक तथा नीजका परिवारका सदस्यहरु र नेपाली मूलका गैर आवासीय नेपाली नागरिक तथा नीजका परिवारmलाई यात्रा शुरु हुनुभन्दा ७२ घण्टा अगाडिको पीसीआर नेगेटिभ आएको रिपोर्ट आवश्यक पर्नेछ ।

त्यसका साथै पीसीआर नेगेटिभ रिपोर्ट आएका अभिभावकाको हकमा ५ वर्षभन्दा मुनीका बालबालिकाको पीसीआर रिपोर्ट आवश्यक नपर्ने समेत विभागले स्पष्ट पारेको छ ।

विभागले आरटी पीसीआर, जीन एक्पर्ट, ट्रयु नाट वा सो सरहका परीक्षणका प्रमाणपत्रलाई मात्रै मान्यता दिने समेत स्पष्ट पारेको छ ।


क्लिकमान्डु