कात्तिक महिनामा ३७ हजार नेपाल आए, २४ हजार बाहिरिएः अध्यागमन विभाग



काठमाडौं । कोरोना महामारीका बीच कात्तिक महिनामा मात्रै ३७ हजार जना नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिनामा मात्रै २ हजार ९ जना विदेशी नागरिक र ३४ हजार ९९४ जना नेपाली नागरिक नेपाल भित्रिएका छन् ।

त्यसैगरी नेपालबाट १ हजार ८७२ जना विदेशी नागरिक र २२ हजार २१२ जना नेपाली नागरिकले नेपाल छाडेका छन् ।

विभागका अनुसार कात्तिक महिनामा ८६ वटा देशबाट नेपाल आएका छन् भने ७८ वटा देशमा नेपालबाट नागरिक बाहिरिएका छन् ।

यसबीचमा नेपालमा सबैभन्दा धेरै चीनबाट १६५ जना र भारतबाट १२५ जना आएका छन् भने नेपालबाट बाहिरिनेमा सबैभन्दा धेरै चीनमा ५०५ जना र ११९ जना भारत गएका छन् ।


क्लिकमान्डु