उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि मतदाताको नामावली प्रकाशित (सूचिसहित)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ कार्यसमितिको निर्वाचनका लागि मतदान गर्न पाउने संघ–संस्थाको नामावली प्रकाशित गरिएको छ ।

मंसिर ११ गतेदेखि ३ दिनसम्म काठमाडौंमा हुने साधारणसभा र निर्वाचनमा मतदान गर्न पाउनेहरुको नामावली प्रकाशित गरिएको हो ।

साधारणसभाले महासंघको वरिष्ठ उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र जिल्ला नगर उपाध्यक्षलगायतका पदमा चयन गर्नेछ । साथै साधारणसभामार्फत् ६० जना कार्यकारी सदस्य समेत निर्वाचित हुनेछन् ।

निर्वाचनमा १ हजार १४३ संघ–संस्थाले मतदान गर्न पाउनेछन् ।

वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछ ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दर्ता गराएका छन् । साथै एसोसिएट उपाध्यक्षका लागि रामचन्द्र संघाई र सौरभ ज्योती, वस्तुगत उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्ष पदका लागि गुणनीधि तिवारी र दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

 


क्लिकमान्डु