युनाइटेड इदी-मर्दी हाइड्रोपावरको आईपीओ भोलिदेखि आउने, कति दिने आवेदन ?
काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाइड्रोपावर कम्पनीले भोलि (बुधबार) देखि आईपीओ (साधारण सेयर) जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले ८ लाख ७३ हजार ९१० कित्ता सेयर जारी गर्न लागेको हो । हाईड्रोपावरले सर्वसाधारणलाई ६ लाख ३० हजार कित्ता सेयर छुट्याएको भए पनि स्थानीयले नकिनेको २ लाख ४३ हजार ९१० कित्ता थपेर ८ लाख ७३ हजार ९१० कित्ता सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले स्थानीयको लागि भन्दै ४ लाख २० हजार सेयर बिक्री गरेकोमा १ लाख ७६ हजार ९० कित्तामा मात्रै आवेदन परेको थियो । कम्पनीले बिक्री गर्न लागेको ८ लाख ७३ हजार ९१० कित्तामा सामूहिक लगानीकोषका लागि ४३ हजार ६९६ कित्ता सेयर छुट्याइएको छ भने कर्मचारीका लागि १७ हजार ४७८ कित्ता सेयर छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले ८ लाख १२ हजार ७३६ कित्तामा आवेदन दिन पाउने छन् ।
उक्त सेयरमा मंसिर ३ गतेबाट आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
आईपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
लगानीकर्ताले सी–आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।