सामाजिक सुरक्षा कोषमा श्रमिकबाट एक महिनामा जम्मा भयो २० करोड



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले एक महिनामा २० करोड १५ लाख रुपैयाँ रकम संकलन गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको असोज २९ देखि कार्तिक २९ गतेसम्मको प्रगति विवरण अनुसार ५२ रोजगारदाता र १९ सय २ जना श्रमिक आबद्ध हुँदा उक्त रकम संकलन गरेको हो ।

२०७५ साल मंसिर गतेबाट तामझामका साथ शुरू भएको सामाजिक सुरक्षा कोषमा असोजसम्ममा १२ हजार ८ सय ३७ रोजगारदाता र श्रमिकबाट १ लाख ७७ हजार २ सय १७ जना श्रमिक आबद्ध भएका छन् ।

साथै, कोषमा आबद्ध भएका रोजगारदाता तथा श्रमिकबाट असोजसम्ममा २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ रकम संकलन भएको प्रगति विवरणमा उल्लेख गरेको छ ।


क्लिकमान्डु