लेकसाइडमा छैन रमाइलो



पोखरा पर्यटकको भिडले सधै गुल्जार हुने पर्यटकीय नगरी पोखराको लेकसाइड यतिबेला सेलाएको ।तिहारका बेला  झिलिमिलीबत्तीको उज्यालो भैलोकी गीतले हरेक वर्ष गुञ्जने लेकसाइडको स्वर यसपटक सुनिएको छैन

अधिकांश पसलहरु बन्द छन् भने खुलेका पसलमा पनि ग्राहक छैनन् तालबाराही बिन्दबासिनीलगायतका मन्दिर बन्द छन् जसलोगर्दा भक्तजनहरु पनि आएका छैनन्

कोरोनाका कारण विदेशी पर्यटन आउन सकेका छैनन् पहिले नै आएका धैरै पर्यटक स्वदेश फर्किसकेका छन् एकाध भएका पर्यटकपनि समस्यामा छन्,’ लेकसाइडका एक व्यवसायीले भने

यतिबेला पोखराको मौसम सफा सुन्दर यही मौकामा माछापुछ्रे नियाल्दै फेवामा डुंगा चलाउनेहरु पहुले जस्तो छैनन् एकाधमानिसहरुले आक्कलझुक्कल डुंगाको रमाइलो भने लिएरहेका छन्

यहाँका पर्यटन व्यवसायीहरुका अनुसार दशैंपछि आन्तरिक पर्यटकको चहलपहल शुरु भए पनि तिहार लाग्दै गर्दा त्यो पनि हराएको

यसैबीचमा पनि प्याराग्लाइडिङ गर्नेहरुको संख्या भने रहर लाग्दो ६० भन्दा बढी कम्पनीहरु कोरोनाका कारण बन्द व्यवसाय ठप्पभए हुँदा ठूलो आयस्रोत गुमेको थियो तर पछिल्लो समयमा व्यसायीहरुले ५० प्रतिशत छुट दिएकाले प्याग्लाइडिङ गर्नेहरुको संख्याबढेको हो जसले गर्दा प्याग्लाइडरहरुको ताँती सराङकोट माथिखो डाँडामा रमाइलो देखिएको

दशैं लगत्तै रौनक बढेको पोखरा नजिकैको रुपाकोटमा अवस्थित रुपाकोट रिसोर्टमा पनि यतिबेला पर्यटक एकाध मात्रै छन्

रिसोर्टका सञ्चालक पुष्प अधिकारीका अनुसार कोरोना कारण वडा सिल गरेपछि पर्यटकको आगमन कम भएको हो


क्लिकमान्डु