छठपछि लकडाउन गरे अर्थतन्त्र सिथिल बन्छः वायुसेवा संचालक संघ



काठमाडौं । वायुसेवा संचालक संघले छठपछि पुनः १५ दिनको लागि लडाउन हुन लागेको चर्चाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

लकडाउन पछि जुर्मुराएको अर्थतन्त्रलाई फेरि सिथिल नबनाउन समेत आग्रह गरेको छ ।
संघले विज्ञप्ति जारी गरेर ६ महिना भएको लकडाउनले हवाईसेवा कम्पनीहरुले ६ अर्ब भन्दा बढी नोक्सानी व्यवहोरेको भन्दै अब लकडाउन नगर्न अपिल गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंसिर १ गतेदेखि आन्तरिक पर्यटकीय गतिविधि शुरु गरिसकेको हवाई सेवा क्षेत्रमा उत्साहत थपिएको, ट्राभल्स एजेन्सीहरुले विभिन्न होलिडे प्याकेज तथा ट्रेकिङहरुको बुकिङ कन्फर्म सुरु भइसकेको भन्दै अब लकडाउन गर्न नहुने सुझाव दिएको छ ।

अब पनि लकडाउन गरेर हजारौ श्रमिकको रोजगारी गुम्ने, उनीहरुमा आश्रीत परिवारको रोजिरोटी समेत खोसिने भन्दै लकडाउन गर्न नहुने जनाएको छ ।


क्लिकमान्डु