पर्यटकीय गतिविधि हुने क्षेत्र खुल्ने, जोखिमको विश्लेषण जिल्लाले गर्ने



काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृत दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सुरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिएपनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिईएको उल्लेख छ ।

यसरी खुल्ने केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्रमा स्वास्थ्य मापदण्ड पालाना भए नभएको भने मन्त्रालय मातहतका निकायले नै अनुगमन गर्ने विज्ञप्तीमा जनाईएको छ ।

उल्लेखित क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्को कार्तिक २४ गतेको बैठकले नै गरिसकेको छ ।


क्लिकमान्डु