लक्ष्मी बैंकको ३ महिनाको नाफा ३१ करोड, निक्षेप १ खर्ब १ अर्ब पुग्यो



काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलना गर्दा नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४० करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकको नाफा घटेपनि खराब कर्जा पनि घघटेको छ । अघिल्लो वर्ष १.०४ प्रतिशत रहेको एनपीएल यो वर्ष ०.९७ प्रतिशत पुगेको छ ।

९ अर्ब ८१ करोड चुक्ता पूँजी रहेको लक्ष्मी बैंकको रिजर्बमा ३ अर्ब ३६ करोड रुपैयाँ छ । यस्तै बैंकले ३ महिनाको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा ३ करोड २४ लाख रुपैयाँ गरेको छ ।
लक्ष्मी बैंकको निक्षेप भने १ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकले १ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ८७ करोड रुपैयाँ कर्जा दिएको छ ।

१३.२४ प्रतिशत पूँजीकोष अनुपात रहेको लक्ष्मी बैंकले ७१.८७ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको छ ।

बैंकको बेसरेट ८.०८ प्रतिशत छ । स्प्रेडदर ४.३८ प्रतिशत रहेको छ । यस्तै प्रति सेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा रहेको छ ।


क्लिकमान्डु