गत वर्ष ११ अर्ब ३९ करोड ९५ लाख बेरुजु, मन्त्रालयमा भौतिक पूर्वाधार अगाडि



काठमाडौं । आर्थिक वर्ष २०७६/०७७ मा ११ अर्ब ३९ करोड ९५ लाख रूपैयाँ बेरुजु देखिएको छ । १० खर्ब ९३ अर्ब ५५ करोड ६३ लाख रुपैयाँको आन्तरिक लेखापरीक्षण भएकोमा उक्त रकम बेरुजु देखिएको हो । उक्त बेजुरु कुल बजेटको तुलनामा १.०४ प्रतिशत रहेको छ ।

यो अवधिमा सबैभन्दा बढी स्थानीय तहमा बेरुजु भएको छ । प्रतिवेदनमा उल्लेख भए अनुसार स्थानीय तहमा ४ अर्ब २२ करोड ४२ लाख रुपैयाँ बेरुजु देखिएको छ । जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १ अर्ब ८४ करोड ४ लाख, स्वास्थ्य मन्त्रालयमा १ अर्ब ५२ करोड २ लाख, रक्षा मन्त्रालयमा ९८ करोड ९० लाख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ६० करोड ६ लाख रुपैयाँ बेरुजु रहेको महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पठाएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यालयले आव २०७६/०७७ मा सरकारका ३ हजार १७६ कार्यालयको विभिन्न १४ हजार ३६८ कार्यक्रमको आन्तरिक लेखा परीक्षण भएको छ ।


क्लिकमान्डु