मंसिर २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले भाइटिकाको भोलिपल्ट मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको कात्तिक २४ गते बसेको बैठकले विदा दिने निर्णय गरेको हो । मंसिर २ गते ‘किजा पूजा’ परेकाले नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


क्लिकमान्डु