सिण्डिकेट अन्त्य गरी कुटनीतिक पहलबाट नाका सहज बनाउन व्यवसायी महासंघको अनुरोध



काठमाडौं । करिब १० महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरूको अत्यधिक भाडा वृद्धि तथा नाकाहरूमा रहेको सिण्डिकेट अन्त्य गरी कुटनीतिक पहलबाट नाका सहज बनाउन नेपाल राष्ट्रिय व्यवसायी महासंघले अनुरोध गरेका छन् ।

महासंघका अनुसार नाकाहरुमा अहिले पनि धेरै कन्टेरहरु रोकिएका छन् । तर दिनमा एक र बढीमा दुईवटामात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रिन दिइरहेको हुनाले सिण्डकेट अन्य गरी नाका सहज बनाउन अनुरोध गरेको हो ।

नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान नभित्रिँदा नेपाल सरकारले कुटनीतिक पहल नै गर्न नसकेको महासंघले आरोप लगाएका छन् ।

महासंघका अनुसार यी विभिन्न समस्याहरू समाधान नहुने हो भने महासंघमा आवद्ध उद्योगी–व्यवसायीहरू नाकामै गएर धर्ना बस्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

नाकामा देखिएका समस्याहरु समाधानका लागि महासंघले विभिन्न मन्त्रालयका मन्त्री र पार्टीका विशिष्ट व्यक्तित्वसँग भेटेर ध्यानकार्षण गराएकाले केरूङ, तातोपानी नाका खुलेको दाबी गरे । तर, अहिले नाका खुल्ला भनिए पनि मालवस्तुहरु सहज रुपमा नेपाल भित्रिन नसकेको भनाइ छ । हाल उक्त नाकाहरूमा करिब २० अर्बको सामान अड्किएको महासंघले जनाएको छ ।


क्लिकमान्डु