सुनको मूल्य प्रतितोला ३ हजार ४ सयले घट्यो



काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कोरोना भाइरस विरुद्धको भ्याक्सिनको तेस्रो चरणको परीक्षण ९० प्रतिशतसम्म प्रभावकारी भएको समाचार प्रकाशित भएसँगै यसको असर सुनको मूल्यमा परेको हो ।

कोरोनाको भ्याक्सिन निर्माणमा सफलता प्राप्त हुँदै गर्दा लगानीकर्ताहरु अन्य क्षेत्रमा आकर्षित भएकाले सुनको भाउ घटेको हो ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला ३ हजार ४ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार प्रतितोलाको मूल्य ९४ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले घटेर १२१५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १२८५ रुपैयाँ कायम भएको थियो ।


क्लिकमान्डु