युवराज खतिवडाले किताब आयातमा लगाएको कर बिष्णु पौडेल अर्थमन्त्री बनेपछि उल्टियो



काठमाडौं । डा युवराज खतिवडाले किताब आयातमा लगाएको कर बिष्णु पौडेल अर्थमन्त्री बनेपछि हटेको छ । सोमबारको मन्त्रीपरिषद्को बैठकले किताब आयातमा लगाएको कर हटेको छ ।

अघिल्लो वर्ष खतिवडाले ल्याएको बजेटमा विदेशबाट आयात हुने करमा १० प्रतिशत भन्सार लगाउने निर्णय गरेको थियो । जसले गर्दा विदेशबाट आयात हुने किताब मंहगो भएको थियो । खतिवडाले स्वदेशी मुद्रण उद्योगलाई प्रवद्र्धन गर्नको लागि विदेशबाट आउने किताबमा कर लगाउने निर्णय गरेको थियो ।

स्वदेशी प्रकाशन कम्पनीले सस्तो मूल्य पर्ने हुँदा भारतमा किताब प्रकाशन गर्ने गरेका थिए । स्वदेशी मुद्रण उद्योगलाई भने खतिवडाले नीतिले खासै प्रोत्साहन भने भएन । तर,विदेशबाट पढ्नको लागि अत्यावश्यक हुने किताबको मूल्य नै बढ्यो ।

मन्त्रीपरिषद्ले किताब आयातमा लगाउने कर हटाउने निर्णय गरेको हो । अमेरिकाको राजदूत बनेका खतिवडा अमेरिका नपुग्दै उनले लिएका करका नीतिहरु खारेज भइरहेका छन् ।


क्लिकमान्डु