विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त



काठमाडौं ।  नेपाल  विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। शाक्यलाई ऊर्जा मन्त्रालयले सोमबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिरकणमा कार्यकारी निर्देशक पद खाली छ । घिसिङको कार्यकाल सकिएपछि ऊर्जा मन्त्रालयले निमित्त कार्यकारी निर्देशकको जिम्मा लेखनाथ कोइरालालाई दिएको थियो ।

शाक्यलाई कार्यकारी निर्देशक बनाउने उद्देश्य अनुसार नै प्राधिरकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइइको हो ।


क्लिकमान्डु