लाभांश घोषणा गरेका २ बैंकसहित ९ कम्पनीको कहिले हुँदैछ साधारणसभा र बुक क्लोज ?



काठमाडौं । विभिन्न नौ वटा बैंक तथा वित्तीय संस्थाले प्रस्तावित लाभांश सहित साधारणसभा र बुक क्लोजको मिति सार्वजनिक गरेका छन् ।

त्यस्ता संस्थामा २ वटा वाणिज्य बैंक सहितका कम्पनी तथा संस्थाहरु रहेका छन् ।

लाभांश घोषणा गरिसकेको र त्यसको लागि साधारणसभाको मिति तोकेर बुक क्लोजको सूचना जारी गरेका बैंकमा सानिमा बैंक र बैंक अफ काठमाण्डू रहेका छन् ।

सानिमा बैंकले १० प्रतिशत बोनस र ३.६० प्रतिशत बोनसको प्रस्ताव गरेको छ । बैंकको साधारण सभा कात्तिक २८ गते हुँदैछ । त्यसको लागि कात्तिक १७ गते नै बुक क्लोज गरिसकेको छ ।

यस्तै १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश घोषणा गरेको बैंकको साधारण सभा मंसिर १५ मा हुने छ । त्यसका लागि कात्तिक २८ देखि मंसिर १५ गतेसम्म बुक क्लोजको मिति तय गरिसकेको छ ।

२४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको शिवम् सिमेन्टको साधारणसभा कात्तिक २४ गते हुुँदैछ । त्यसको लागि कात्तिक १३ गते नै बुक क्लोज गरेको छ ।

यस्तै गुँरास लाइफ इन्स्योरेन्सले ५.२५ प्रतिशत लाभांश पारित गर्नको लागि मंसिर ४ गते साधारणसभा गर्दै छ । त्यसको लागि कात्तिक २० देखि मंसिर ४ गतेसम्म बुक क्लोज गरेको छ ।

यस्तै माछापुच्छे« क्यापिटल ६.४ प्रतिशत नगद लाभांश पारित गर्नको लागि मंसिर ४ मा साधारण सभा बोलाएको छ । त्यसको लागि बुक क्लोजको मिति भने तय गरेको छैन ।

एनएलजी इन्स्योरेन्सले लगानीकर्तालाई ७ प्रतिशत बोनस र त्यसको कर प्रयोजनको लागि ०.३७ प्रतिशत लाभांश दिने भएको छ ।

लाभांश पारित गर्नको लागि मंसिर ५ गते साभारणसभा बोलाएको छ । त्यसको लागि कात्तिक २५ गते बुक क्लोज गर्ने भएको छ ।

यता बिओके क्यापिटलले ४.५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त लाभांश पारित गर्नको लागि मंसिर ५ गते साधारण सभा बोलाएको छ ।

नेपाल बंगलादेश क्यापिटलले पनि २ प्रतिशत नगद लाभांश पारित गर्नको लागि मंसिर ७ गते साधारसभा बोलाएको छ ।

जलविद्युत कम्पनी तर्फ अपि पावर कम्पनीले लाभांश घोषणा गरिसकेको छ । जलविद्युत कम्पनीमा लाभांश घोषणा गर्ने यो नै पहिलो कम्पनी हो । कम्पनीले ९ प्रतिशत बोनस र त्यसको कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्नको लागि मंसिर ८ गते साधारणसभा बोलाएको छ । त्यसको लागि २०७६ चैत १ गते नै बुक क्लोज गरिसकेको छ । २०७६ फागुन मसान्तसम्म कायम रहेका लगानीकर्ताले मात्रै लाभांश पाउने छन् ।


पुष्प दुलाल