दराजको ११ः११ सेल कात्तिक २६ गतेबाट शुरु हुने, ग्राहकका लागि यस्ता छन अफर
काठमाडौं । अग्रणी इकमर्स कम्पनी दराजले तेस्रो संकरणको ११ः११ अनलाइन सेल शुरु हुने भएको छ । चिनियाँ अर्बपति ज्याक माको कम्पनी अलिबाबाको समेत लगानी रहेको दराजले यस सेलमार्फत विभिन्न आकर्षक छुटको अफर समेत ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार ११ः११ सेलमा ग्राहकले विषेश छुट पाउनेछन् । साथै ८ लाख रुपैयाँ बराबरको टिभीएस अपाचे आरआर ३१० मोटरबाइक जित्ने समेत मौका पाउनेछन् । यसको मूल्य ७ लाख ७० हजार ९०० रुपैयाँ छ ।
११ः११ सेलका लागि लक्षित गरी कम्पनीले ७ सय जनाभन्दा बढी डेलिभरी एजेन्ट समेत थप गरिसकेको छ । कम्पनीले हाल मुलुकका विभिन्न २७ वटा कम्पनीमा सेवा प्रदान गरिरहेको छ ।
यस सेलमा ग्राहकले सामसुङ ग्यालेक्सी एस२० एफइ मोबाइल ६९ हजार ९९९ रुपैयाँमा पाउनेछन् । साथै एलजी, एमआई, होर्लपुल, टाइटन, गोल्डस्टारलगायतका ब्राण्डका सामान खरिदमा समेत ६० प्रतिशतसम्म छुट पाउनेछन् ।
त्यसैगरी ग्राहकले विभिन्न ११ वटा बैंकका डेविट र क्रेटिड कार्डबाट खरिद गर्दा २० प्रतिशत तथा ३ हजार रुपैयाँ बराबरको छुट पाउनेछन् ।
कम्पनीका अनुसार नबिल बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेञ्चुरी बैंक र हिमालयन बैंकको कार्डमार्फत खरिद गर्दा २० प्रतिशत तथा ३ हजार रुपैयाँसम्म छुट पाउनेछन् ।