४ महिनामा हाइड्रोपावरका लगानीकर्ता मालामाल, हाइड्रोको सेयर अंकित मूल्यभन्दा कममा नपाइने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ३५ वटा जलविद्युत कम्पनीमा साउन ५ गतेसम्म १६ वटा कम्पनीको सेयर मूल्य प्रति कित्ता सय रुपैयाँ भन्दा पनि कम थियो । सवा तीन महिनाको अन्तरमा जलविद्युत कम्पनीका लगानीगर्ने लगानीकर्ताले मनग्य आम्दानी गरेका छन् ।

यो बीचमा जलविद्युत कम्पनीको लगानीगर्ने लगानीकर्ताको प्रतिफल मनग्य बढेको छ । साउन पहिलो साता १६ वटा कम्पनीको सेयर मूल्य लगानीको आधा भन्दा पनि कम रहेको थियो । त्यो समयमा सबैभन्दा कम खानीखोला हाईड्रो र आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८/४८ रुपैयाँ रहेको थियो ।

यो अवधिमा बढेर प्रतिकित्ता क्रमशः १२१ र १२० रुपैयाँ रहेको छ । यो अवधिमा सेयर मूल्य प्रतिकित्ता ७३ र ७२ रुपैयाँले बढेको छ । त्यो समयमा प्रतिकित्ता एक सय रुपैयाँ भन्दा कम भएका कम्पनीमा अहिले २ वटा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ सय वा सो भन्दा बढी पुगेको छ । यो अवधिमा सबैभन्दा बढी अरुण भ्याली हाईड्रोपावरको सेयर मूल्य प्रतिकित्ता १६३ रुपैयाँले बढेको छ ।

अन्य कम्पनीको सेयर मूल्यमा पनि धेरै नै सुधार रहेको छ । अहिले कुनै पनि कम्पनीको सेयर मूल्य एक सय रुपैयाँ भन्दा कम छैन । जानकारका अनुसार यो अवधिमा कम्पनीको सेयर मूल्य बढनुको विविध कारणमध्ये एउटा हो बैंक ब्याजदर कम हुनु । बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम भएसँगै जलविद्युत क्षेत्रमा हुने लगानी घटने भएसँगै बजारमा लगानीकर्ताको ध्यान गएको देखिएको छ ।
कम्पनीको लागत कम भएसँगै यसले दिने प्रतिफल छिटो आउने र धेरै हुुने भएपछि लगानीकर्ताको ध्यान गएको छ ।

यस्तै पछिल्लो समयमा लगानीकर्ताको ध्यान सस्ता कम्पनीका गएको छ । जसको कारण लगानीकर्ता जलविद्युत कम्पनीतर्फ लागे, त्यसैले पनि बजार बढेको हो । केही समय लागनीकर्ताको ध्यान सस्ता कम्पनीमा गएपछि जलविद्युत समूहका केही कम्पनीमा सकारात्मक सर्किट समेत लागेको थियो ।

विगत ४ महिना यताको जलविद्युत समूहको उपसूचक ४६१.७७ अंकले बढेको छ । यसले पनि जलविद्युत समूहको उपसूचकमा लगानीकर्ताको चाम निकै रहेको देखिएको छ । जसको कारण जलविद्युत कम्पनीका लगानीगरेर पछुताएका लगानीकर्ता पछिल्लो समय निकै उत्साहित भएका छन् ।

Name of company 20-Jul 6-Nov
Mountain Hydro Nepal Limited 79 201
National Hydro Power Company 55 115
Panchakanya Mai Hydropower 70 148
Rairang Hydropower Development Company 89 244
Ridi Hydropower Development 88 187
Union Hydropower Limited 52 124
UNIVERSAL POWER COMPANY 73 142
Arun Valley Hydropower Development Co 95 258
Barun Hydropower Co. Ltd 83 200
Chhyangdi Hydropower 84 165
Dibyashwori Hydropowe 49 121
Ghalemdi Hydro 58 137
Himalaya Urja Bikas Company 98 207
Joshi Hydropower Development Company 49 125
Khanikhola Hydropower 48 121
Ankhu Khola Jalvidhyut Company 48 120


क्लिकमान्डु