अमेरिकी राष्ट्रपतिको नतिजा आउन ढिलाई हुँदा विश्व सेयर बजार पर्ख र हेरको अवस्थामा



काठमाडौं । अमेरिकी राष्ट्रपतिको निर्वाचनको नतिजा आउन ढिलाई भइरहेको बेला विश्वभरको शेयर बजारमा पनि प्रतिक्षा शुरु भएको छ ।
उनीहरु पर्ख र हेरको अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनका दुई उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीचको प्रतिस्पर्धा जारी रहेको छ । पछिल्ला विवरणमा भने पूर्व उपराष्ट्रपति जो वाइडेनको पक्षमा मत देखिएको छ ।

असाध्यै महत्वपूर्ण मानिएको जर्जियाको मतगणना भइरहेको बेला त्यहाँको नतिजा वाइडेनको पक्षमा देखिएको छ । यस्तै अन्य मतगणना भइरहेका ५ राज्य मध्ये एक राज्यमा मात्रै डोनाल्ड ट्रम्प अगाडि छन् । मतपरिणाम आउन ढिलाई भइरहँदा त्यसको प्रभाव विश्व सेयर बजारमा समेत परेको हो ।

डऊ जोन्समा २.८१ बिन्दुले गिरावट आएको छ । अमेरिकी डलर कमजोर बन्न पुग्दा व्यापारमा समेत प्रभाव परेको जनाइएको छ । यस्तै चीनको सांघाई स्टक एक्सचेञ्ज समेत शुक्रबार ०.२ प्रतिशतले ओरालो लागेको छ । यस्तै हङकङको हाङ सेङमा समेत सामान्य मात्रै परिवर्तन भएको छ । जापानाको निक्की भने ०.९ प्रतिशतले उकालो लागेको छ ।

यूरोप तर्फ बेलायतको स्टक एक्सचेञ्जमा ०.७ प्रतिशतले ओरालो लागेको समाचार प्राप्त भएको छ । जर्मनीको डिइएक्स १.५ र फ्रान्सको सिएसिमा १.३ प्रतिशतले परिवर्तन भएको छ ।

अमेरिकाको स्थानीय समय अनुसार यो समाचार तयार पार्दा शुक्रबार बिहानको ६ बजेको छ । हाल पनि विभिन्न ६ राज्यमा मतगणना भइरहेको छ । पछिल्ला मत परिणाममा ट्रम्प पछाडि परेका छन् ।

जेपी मोर्गन एसेट म्यानजमेन्टका विश्व बजार रणनीतिकार क्यारी क्रेगका अनुसार अन्तिम परिणाम अमेरिकी अदालतको बिषय पनि हुन सक्छ । तर बजारले हवाइट हाउसमा डेमोक्रयाट सत्तासिन हुन लागेका छन् ।

सेयर बजारले पनि नतिजालाई नियालीरहेको हुन सक्छ । ४ वर्षसम्म राष्ट्रवादको नारादिएका ट्रम्पको तुलनामा उदारवादी छवीका जो वाइडेन सत्ताको बागडोर सम्हाल्ने अवस्थामा आइपुगेका छन् ।

एक्सिसीका प्रमुख एवम विश्व बजार रणनीतिकार स्टीफन इनेसले भने ‘ विभाजित सरकारले कम वृद्धि र प्रोत्साहनको सुझाव दिन्छ, तर कम कर र नियमन पनि ।’

यस्तै बजारको अबको ध्यान चाँडै संयुक्त राज्य अमेरिकामा कोविड १९ का पछिल्ला घटना र संक्रमणको दरतर्फ केन्द्रित हुनेछ, र महामारीले पीडित अमेरिकीहरुलाई सहयोग पु¥याउन आर्थिक सहयोग समेत खोज्नेछ ।

गत हप्ता मात्र थप ७५ लाख १ हजार अमेरिकी बेरोजगार भएको तथ्यांक सार्वजनकि भएको छ । यो संख्या अघिल्ला हप्ताहरुमा आएको तथ्यांक भन्दा धेरे बढी हो । यो अर्थशास्त्रीले भने भन्दा कम उत्साहजनक रिपोर्ट हो । यस्तै, शुक्रवार मात्रै अमेरिकी श्रम विभागले अक्टोबरका लागि अमेरिकी रोजगार रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।

विवरणहरुमा जनाइए अनुसार राष्ट्रपति ट्रम्पले मतगणना रोक्न माग गरेका थिए । उनले कानूनी चुनौती पनि दिएका थिए । तर मतगणना भने रोकिएको छैन । बरु जो वाइडनले नतिजा हाम्रो पक्षमा आउने भन्दै चनाखो भएर मतगणना हेर्न आफना सर्मथकलाई आग्रह गरेका छन् ।


पुष्प दुलाल