अदालतको अपहेलना मुद्दामा सर्वोच्चले स्वास्थ्य मन्त्रालय र मन्त्री ढकाललाई बोलायो



काठमाडौं । सर्वोच्च अदालतको अपहेलना मुद्दामा विपक्षी स्वास्थ्य मन्त्रालय र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतमा उपस्थित हुन भनेको छ ।

बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै ७ दिनभित्र कारण सहित उपस्थित हुन भनेको हो ।

अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजंग केसीले सर्वोच्च अदालतको फैसला पालना नगरेको भन्दै स्वास्थ्य मन्त्रालय र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अपहेलनाको मुद्दा दायर गरेका थिए ।

उनीहरुले दायर गरेको रिटमा अदालतको अपहेलना गरेको भन्दै अधिकतम एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवार र दुबै सजाय गर्न माग गरिएको छ ।

अदालतले जारी गरेको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदन माग बमोजिम विपक्षी उपर यस अदालतको आदेश प्रतिकुल काम कारबाही गरेको मानी नेपालको संविधानको धारा १२८ तथा न्याया प्रशासन ऐन, २०७३ को दफा १७ बमोजिम कारबाही र सजाय किन हुनु नपर्ने हो ? सजाय हुन नपर्ने कुनै आधार र कारण भए भएका सबै व्यहोरा खुलाइ यो आदेश प्राप्त भएको मितिले ७ दिनभित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु भनि विपक्षीहरुका नाममा कानून बमोजिम म्याद सूचना जारी गरी तामेल गराउनु ।’


क्लिकमान्डु