सुनको मूल्य घट्यो



काठमाडौं । बुधबार प्रतितोला ९ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार भने प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रूपैयाँ कायम भएकोमा बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु