नवनियुक्त पर्यटन सचिव कोइरालालाई पर्यटन बोर्डले गर्यो स्वागत



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नवनियुक्त सचिव तथा नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका अध्यक्ष यादवप्रसाद काइरालालाई बोर्डले बुधबार स्वागत गरेको छ ।

बोर्डको केन्द्रीय कार्यालय भृकुटमण्डप काठमाडौंमा कोइरालालाई स्वागत गरिएको हो ।

नवनियुक्त सचिव कोइरालाज्यूले विश्वव्यापी महामारी कोभिड –१९ का कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग चाँडै आफ्नो पुरानो लयमा फर्कनेमा विश्वस्त रहेको बताए ।

उनले यसका लागि निजी क्षेत्रसँग सहकार्य गरी नयाँ नौलो र प्रभावकारी योजना र रणनीति बनाउन जरुरी भएको धारणा राखे ।

निजी क्षेत्रबाट बोर्डको कार्यकारी समितिका प्रतिनिधि दीपक महतले आजको बिषम र प्रतिकुल परिस्थितिमा नेपालको निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले सरकारबाट सहयोग र भरथेगको अपेक्षा गरेको कुरामा जोड दिएका थिए ।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बोर्डको चिनारी, नीतिगत ब्यवस्था र पछिल्ला दिनका बोर्डका कार्यसम्पादनका बिषयहरुमा प्रस्तुतिकरण दिएका थिएका थिए ।

युनियनका अध्यक्ष कुन्दन मिश्रले बोर्ड र कर्मचारीका यावत समस्या र समाधानका विषयहरुमा धारणा राखेका थिए ।


क्लिकमान्डु